Success
Yes... Successful.
यस चलचित्रको कथाको उठान मुलुकको माटो, देश, इतिहास, जनताको सार्वभौम अधिकार सबैभन्दा सर्वोपरी हुने उद्घोष गर्दै हुन्छ। त्यसपछि कथा नेपाली सीमामा भइरहेका हिंसा, लुटपाट र हस्तक्षेपलाई खुलस्त गर्नेतर्फ मोडिन्छ। कथा काठमाडौंबाट शुरु हुँदै भारतसँगको नेपालको सीमा वरपर पुग्छ। कथाका मुख्यपात्रले समाजमा ब्याप्त हरेक बिकृति, विसंगतिलाई प्रतिकार गर्छ। उसले देश वा देशको प्रतिष्ठा/इज्जत नागरिक र समाजको सुरक्षा भन्दा अरु ठुलो कुरा हुदैन, देश रहे सबै कुराको अस्तित्व रहन्छ भन्ने जीवन–दृष्टिकोण बनाएको हुन्छ। यसै अनुरुप आफ्नो जिन्दगीको यात्रा गरिरहेको छ। यसै क्रममा उसले राज्य र सरकारमा रहेका अनेकन पात्रहरुका सोचाइ र कार्यहरु राष्ट्रवाद विरोधी र देशको हित विरोधी भएको पाउँछ। यस्तो सोचले उसमा देश र समाजका कुपात्रहरु विरुद्ध अभियानमा लाग्ने प्रेरणा जगाउँछ। त्यो अभियान नै सिमानामा ‘‘काँडेतार’’ मा विकसित हुन्छ।